देश मनोरञ्जन

मलाई समाजको सच्चा हिरोइन बन्न मन छ: नायिका थापा, दर्शक भन्छन्, महोत्सवमा हामीलाई झुक्काइयो (फोटो फिचर)

मलाई समाजको सच्चा हिरोइन बन्न मन छ: नायिका थापा, दर्शक भन्छन्, महोत्सवमा हामीलाई झुक्काइयो (फोटो फिचर)
माघ - २२ । निर्माता एवं नायिका रेखा थापाले समाजको सच्चा हिरोइन बन्ने इच्छा रहेको बताएकी छिन् । बर्दियाको बबई नगरपालिका, भुरीगाउँमा चलिरहेको प्रथम बबई नगर महोत्सवमा आफ्नो प्रस्तुति दिन आएकी अभिनेत्री थापाले उक्त इच्छा व्यक्त गरेकी हुन् । उनले देशमा भइरहेको विकृतिलाई चिर्न एक सच्चा नेतृत्व प्रदान गर्ने व्यक्तिको खाँचो भएको भन्दै त्यसका लागि सक्षम व्यक्तिले खुट्टा कमाउन नहुने उद्घोष गरिन । लामो समयदेखि नृत्यको पर्खाइमा बसेका दर्शकलाई थापाले राजनीतिक भाषण दिएपछि दर्शक आक्रोसित भई महोत्सवबाट बाहिरिएका थिए । महोत्सव अबलोकन गर्न गएका बबई नगरपालिका १ का वडा संयोजक लक्ष्मीकान्त शर्माले महोत्सवमा मनोरञ्जनात्मक प्रस्तुति साटो राजनीतिक प्रचार गरेकोमा आपत्ती जनाए । ५० रुपैयाँको टिकट काटेर राजनीतिक कुरा सुन्न गएको भान भएको दर्शकहरुले गुनासो गरेका छन । त्यस्तै लोकदोहोरी गायक पशुपति शर्मा र रेखा थापा ल्याउने भनेर आफूहरुलाई झुक्काइएको दर्शकहरुको आरोप रहेको छ । केही समयको विवादपछि भजनबाट आफ्नो प्रस्तुति सुरुवात गरेकी नायिका थापाले सिम्पल सिम्पल बोलको गीतमा छोटो नृत्यसमेत प्रस्तुत गरिन । अभिनेत्रि थापाले अन्तमा हजारौ दर्शकलाई नचाउन सफल भइन् । महोत्सवमा थापासंगै स्थानीय सिँहवाहिनी नृत्य कला मन्दिर र सुर संगम कला केन्द्र कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए । माघ १४ गते देखि संचालन भईरहेको प्रथम बबई नगर उद्योग, ब्यापार, कृषि, पर्यटन र सूचना प्रविधी महोत्सवको नवौँ दिन शनिबार स्थानिय क्लवसंगै नायिका थापाको साथमा विविध सांस्कृतिक कार्यक्रम भएको हो । अहिलेसम्मकै सबैभन्दा धेरै दर्शक महोत्सवको कार्यक्रममा उर्तान सफल आयोजकले कार्यक्रम व्यवस्थापनका लागि ठूलै मेहनत खर्चिनु पर्यो । महोत्सवको नवौँ दिन विदा परेकाले झण्डै २० हजार बढी दर्शकहरुको उपस्थिती रहेको आयोजक संस्थाका महासचिब महेन्द्र पंगेनीले टिकटको बिक्रिको सम्पूर्ण विवरण आइनसकेकाले यो संख्या अझै बढ्न सक्ने बताए । समृद्ध बर्दियाको आधार कृषि पर्यटन र व्यापार भन्ने मुल नाराका साथ बर्दियाको पहिचानका साथै कला संस्कृतिको जर्गेना, कृषि प्रर्दशनी, पर्यटकीय विकास, आर्थिक सबृद्धि गराउन, र वन्यजन्तु संरक्षणका टेवा पुराउने उदेश्यले माघ १४ गते देखि संचालन भएको प्रथम बबई नगर महोत्सव माघ २४ गते सम्म संचालन हुने मुल आयोजक समितीका अध्यक्ष युवराज अधिकारीले बताए ।
भावुक योगी / बर्दिया

Bardiya rekha thapa

विशेष