मनोरञ्जन

ज्योति मगरले नाच्दा नाच्दै कपडा खोलेपछि भीड उत्तेजित, प्रहरीलाई हम्मे हम्मे

ज्योति मगरले नाच्दा नाच्दै कपडा खोलेपछि भीड उत्तेजित, प्रहरीलाई हम्मे हम्मे

माघ २३ । गायिका ज्योति मगर आफ्ना नृत्य र गीतसंगीत प्रस्तुत गर्न आउँदै छिन् भन्ने उद्घोष मञ्चबाट हुनेबित्तिकै दर्शकको हुटिङ, होहल्ला र तालीले मोहत्सवस्थल गुञ्जायमान भयो । हास्यव्यंग्य कलाकार कमल गाउँलेको पटकपटकको उद्घोषले ज्योति मगरलाई बसेको ठाउँबाट मञ्चको अगाडि आउँदा केही समय लागेको थियो । त्यतिबेलासम्म दर्शकको हुटिङ बढेपछि ज्योति मञ्चमा प्रस्तुत भइन् ।

दाङको तुलसीपुरमा गत १३ माघदेखि जारी मध्यपश्चिम क्षेत्रीय व्यापारिक मेलाको भएकाे हाे ।  सो मेलामा सबैभन्दा बढी होहल्ला र रौनक ल्याउन गायिका ज्योति मगर सफल भएको आयोजक पक्षको भनाइ छ । यसरी ज्योति मगरको प्रस्तुति जब सुरु भयो तब हुटिङ र होहल्ला झन् बढ्यो । जिम्माल बाउकी छोरी‘छोरी गीत उनले गाउँदा युवाहरू त हुटिङ गर्दै नाचे । सो क्रममा वृद्धदेखि बालसक्क नाच्न पछि परेनन् ।

दर्शकको हुटिङ अत्यधिक भएपछि रौसिएकी ज्योतिले आफ्नो ज्याकेटै खोलेर दर्शकदीर्घातिर फालिन् । यतिबेला उनको अंग प्रदर्शनले आकर्षित भएका दर्शकले उनलाई आफ्नो मोबाइलमा कैद गर्न झुत्ती खेले । सो भिडलाई नियन्त्रण गर्न आयोजकले प्रहरीकै सहयोग लिनु पर्ने भयो । मदपानले लट्ठिएका युवा उनको प्रस्तुतिको जबर्जस्ती अगाडि आएपछि अघिल्लो रोहमा बसेका बालबालिकासँगै वृद्धहरूसमेत चेपिएका थिए । ज्योतिको प्रस्तुतिका कारण युवाको हुटिङ र भीड नियन्त्रण गर्न प्रहरी र स्वयंसेवकलाई हम्मेहम्मे पर्यो ।

ज्योति मगरको अंग प्रदर्शनलाई स्थानीय एकथरी दर्शकले छाडा भयो भन्दै आयोजकसँग आक्रोश समेत पोखे । कतिपय दर्शकले सबैभन्दा बढी मनोरञ्जन ज्योतिले दिएको बताए । विगत १० दिनदेखि चलेको सो महोत्सवमा राष्ट्रिय स्तरका धेरै कलाकारले आफ्नो प्रस्तुति दिए पनि सुरक्षा दिन सबैभन्दा गाह्रो ज्योति मगरको कार्यक्रममा भएको सुरक्षाकर्मीले बताए ।

विशेष