प्रवास समाज

विदेशबाट कोमामा फर्केपछि...

विदेशबाट कोमामा फर्केपछि...

माघ २३ । भूकम्पले भत्काएको घरको छेउमा टहरो भित्र एक व्यक्ति अचेत अवस्थामा पल्टिरहेका छन् ।

उनकी वृद्धा आमा घरि छोराको र्याल पुछिदिन्छिन भने घरी दिसापिसाब सोहोर्छिन । कसैगरी छोरालाई सफासुग्घर राख्ने र सजिलो गरी सुताउने ध्याउन्न उनमा छ । नातिनातिना, वृद्धा पति र अचेत अवस्थामा रहेको छोराको जिम्मेवारी सम्हाल्ने उनै ६९ वर्षिया माया मगरातीको कांघमा छ ।

चांगुनारायण नगरपालिका ९ संगमटोलका ४२ वर्षीय रामकृष्ण सार्की २०६६ सालमा आफ्नो भविष्य उज्जल बनाउने सपना बोकेर साउदी अरब गएका थिए । दुई बर्ष राम्रो कमाइ गरेर घर फकिए । फेरि उनी साउदी अरब उडे उडेको केही समय पछि उनी अस्वस्थ बने ।

उनको आशा निराशामा बदलियो । उनलाई स्वास्थ्यले साथ दिएन । विदेशी भूमिमा पनि आफ्नो परम्परागत पेशा अंगाल्न पाएकोमा खुसी लागेको थियो । उनका बाबु चतुरे सार्कीले भने त्यो खुसी धेरै दिन टिक्न सकेन परिवारमा बज्रपात पर्यो ।

उनी डिउटीबाट फर्किए लगत्तै एक्कसी बिरामी भए । साथीहरुले उनलाई अस्पताल पु¥याए तर अस्पताल पुर्याउदा उनका शरिरका कुनै पनि अंगले काम गर्न छाडिसकेका थिए । उनी चार वर्षदेखि कोमामा छन् । २ वर्ष साउदीमा कमाएको पैसा तीन महिना उपचार गर्दै सकियो । उनलाई कम्पनीले पनि फर्काइदियो । अहिले खर्च अभावमा उनी भगवान भरोसामा घरमै उपचार गराईरहेका छन् ।

कान्तिपुर

Komama

विशेष