खेल

आर्सनलमाथि चेल्सीको शानदार जित

आर्सनलमाथि चेल्सीको शानदार जित

माघ २३ । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार राती भएको खेलमा चेल्सीले आर्सनललाई हराएको छ ।

चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सी ३-१ ले विजयी भयो । खेलमा चेल्सीलाई विजयी गराउन मार्कस अलन्सो, एडिन हाजार्ड र फाब्रीगासले एक एक गोल गरे ।

जितसँगै चेल्सीले प्रिमियर लिगको उपाधि यात्रालाई अझ बलियो पारेको छ । २४ खेलबाट उसको ५९ अंक भएको छ । समान खेलबाट ५० अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ । राती भएको खेलमा टोटनह्यामले मिडिल्सब्रोलाई १-० ले हरायो ।

प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा हल सिटीले लिभरपुललाई २-० हराएको छ ।

राती भएको अर्को खेलमा एभर्टनले बर्नमाउथलाई ६-३ ले हरायो । खेलमा एभर्टनलाई विजयी गराउन रोमेलु लुकाकु एक्लैले चार गोल गरे । प्रिमियर लिग अन्तर्गतका अन्य खेलहरुमा सण्डरल्याण्डले क्रिष्टल प्यालेसलाई ४-० ले हराँउदा वेष्ट ह्याम युनाईटेडले साउथह्याम्पटनलाई ३-१ ले, वाट्फोर्डले बर्न्लेलाई २-१ ले तथा वेष्ट ब्रोमले स्टोक सिटीलाई १-० ले हराएका छन् ।

Chelsi

विशेष