खेल

बार्साको एथ्लेटिको बिल्बाओमाथि शानदार जीत

बार्साको एथ्लेटिको बिल्बाओमाथि शानदार जीत

माघ २३ । स्पेनिस ला लिगामा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

जीतसंगै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा छोट्याएको छ । बार्सीलोनालाई जीत दिलाउन पाको एल कासेर, लियोनल मेसी र एलेक्सिज भिडालले एक एक गोल गरे । १८ औं मिनेटमा अलकासेरले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए ।

४० औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा २–० को अग्रता लियो । ६७ औं मिनेटमा विडालले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । ब जितपछि बार्सिलोनाको २१ खेलबाट ४५ अंक भएको छ । दुई खेल कम खेलेको रियल मड्रिडको ४६ अंक रहेको छ ।

Basilona la liga

विशेष