समाज

जाजरकोटमा खुकुरी प्रहारगरी एक महिलाको हत्या

जाजरकोटमा खुकुरी प्रहारगरी एक महिलाको हत्या
माघ–२३ । जाजरकोट जिल्लाको सदरमुकाम खलंगा नजिकै रहेको पासागाड खोलामा हत्या गरिएकी एक महिलाको शव आईतवार विहान फेला परेको छ । खुकुरी प्रहारबाट हत्या गरिएकी महिलाको शव आईतवार बिहान फेला परेको हो । खुकुरी प्रहारवाट हत्या गरिएकी महिला भेरीमालिका नगरपालीका–४ बोहराकी २८ बर्षिय राधिका सुनार भएको प्रहरी नायव उपरिक्षक भाबेष रिमालले जानकारी दिए । बिहान ९ बजे फेला परेको शव पोष्टमार्टको लागि जिल्ला अस्पतालमा लगिएको छ । घटना कसरी घटेको हो भन्ने कुरा अहिले सम्म केही नखुलेको र घटनाको आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतक राधिका सुनार नेपाली सेनामा कार्यरत दलबहादुर सुनारकी श्रीमति हुन् । सुनारका नाबालक दुई छोरा छन् । –दीपबहादुर घर्ती

जाजरकोट महिला हत्या

विशेष