खेल

मनाङ झापा गोल्डकपको फाइनलमा, मनाङ र झापा सोमबार उपाधिको लागि भिड्ने

मनाङ झापा गोल्डकपको फाइनलमा, मनाङ र झापा सोमबार उपाधिको लागि भिड्ने
माघ–२३ । झापाको डोमालाल रंगशालामा जारी झापा गोल्डकपको फाइनलमा मनाङ मस्र्याङदी प्रवेश गरेको छ । साविक विजेता त्रिभुवन आर्मीलाई १–० ले हराउँदै मनाङले फाइनलको यात्रा तय गरेको हो । खेलको ४२ औँ मिनेटमा विमल रानाले गरेको गोलनै निर्णायक गोल बन्यो । ओलावालेको व्याक क्रसलाई विमलले जाली चुमाएका हुन् । सोमबार मनाङले आयोजक झापा ११ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । अायाेजक झापा ११ ले शुक्रबार हिमालयन शेर्पा क्लबलार्इ ४–० ले हराएर फाइनलमा प्रवेश गरेकाे हाे । प्रतियोगिता विजेताले ७ लाख नगदसहित मेडल, ट्रफि र पाउने छन् भने उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार पाउनेछन् । गत वर्ष ६ लाख नगद पुरस्कार राखेको झापा गोल्डकपले यो वर्ष १ लाख थपेर मोफसलकै सर्वाधिक नगद ७ लाख पुर्याएको छ ।

झापा ११ झापा गोल्डकप फाइनल मनाङ मस्र्याङदी

विशेष