खेल

विजय युथ क्लब सेमिफाइनलमा प्रवेश, खेल सडेनडेथबाट छिनोफानो

विजय युथ क्लब सेमिफाइनलमा प्रवेश, खेल सडेनडेथबाट छिनोफानो
माघ–२३ । बाराको सिमरा रंगशालामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटबलअन्तर्गत आईतबार भएको खेलमा जित हात पार्दै हेटौडाको विजय युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन विजय युथले काठमाडौंको सरस्वती युथ क्लबलाई सडेनडेथबाट पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेल त्यसमा पनि बराबरी भएपछि सडेनडेथमा पुगेको थियो । विजय युथले बाइ पाएर सिँधै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । फाइनल प्रवेशको लागि भने विजय युथले सिएमजी संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटाले शुक्रबार सशस्त्र प्रहरीलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिता अन्तर्गत काठमाडौंको हिमालयन शेर्पा क्लब र रुपन्देही ११ बीच सोमबार प्रतिस्पर्धा हुनेछ ।

रुस्लान आठौँ सिमरा गोल्डकप विजय युथ क्लब

विशेष