Technology

फेब्रुअरी ८ देखि विन्डोज एक्सपी र भिष्टामा जिमेल बन्द हुने

फेब्रुअरी ८ देखि विन्डोज एक्सपी र भिष्टामा जिमेल बन्द हुने
माघ–२३ । गुगलले माइक्रोसफ्टको पुरानो भर्जन विन्डोज एक्सपी र भिष्टामा जिमेल बन्द गर्दैछ । सर्च इन्जिन गुगलले एउटा ब्लगमा सूचना जारी गर्दै आउँदो फेबु्रअरी ८ देखि क्रोम ब्राउजरको भर्सन ७३ मा जिमेल सपोर्ट नगर्ने उल्लेख गरेको छ । गूगलले यसअघि नै सन् २०१५ मा उक्त घोषणा जारी गरेको थियो । माइक्रोसफ्टले विन्डोज एक्सपी र भिष्टाबाट अपरेटिङ सिस्टम सपोर्ट हटाएपछि जिमेल सपोर्ट नगराउने भएको हो । माइक्रोसफ्टका अनुसार क्रोम ब्राउजरको पुरानो भर्जन सुरक्षाको दृष्टिले असुरक्षित मानिएकाले हटाइएको हो । अहिले भि ४९ क्रोम ब्राउजरको लेटेस्ट भर्जन रहेको छ । विन्डोज एक्सपी र भिष्टा फेब्रुअरी ८ देखि अपडेट नभए बन्द हुने माइक्रोसफ्टले जनाएको छ ।

जिमेल माइक्रोसफ्ट

विशेष