भावुक योगी, बर्दिया, माघ २३
बर्दियाको भुरीगाउँमा प्रथम बबई नगर महोत्सव सुरु भएदेखि हल्का चिसो बढीरहेका बेला आईतबार महानायक राजेश हमाल र लोकदोहोरी गाएक बद्री पंगेनीले महोत्सवका दर्शकहरुलाई आफ्ना प्रस्तुती सुनाउँदै नाच्दै अनि दर्शकहरुलाई नचाउँदै तताएका छन् ।

महानायक राजेश हमालले सज्जनको लागि नायक, दुर्जनको लागि खलनायक, दुश्मनको नाम राम नाम सत्य छ, अन्यायमा न्याय दिन राजेश दाई आउँदैछ, साथीहरुका लागि यो हात सलाम, दुश्मनहरुका लागि यो हात फलाम, लगायतका विभिन्न फिल्मी संवाद प्रस्तुत गरेपछी र गायक बद्री पंगेनी आफ्नो गीत प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएपछी बर्दिया भुरीगाउँको महोत्सव तातेको हो ।

अझ भन्नुपर्दा राजेश हमाल स्टेजबाट दर्शक तर्फ ओर्लिएर ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा... बद्री पंगेनीको गितमा नाच्न थालेपछी महोत्सव निक्कै तात्यो एकछीन माहौल नै खल्बलीयो प्रहरीलाई दर्शकहरु सम्हाल्नै हम्मे हम्मे पर्यो । भिँडभाडमा केहीका पर्स र मोबाईल समेत हराएको सुचना आउन थाल्यो ।

तर लोकदोहरी गाएक बद्री पंगेनी स्टेजमा उक्लीएसंगै पररर ताली बज्यो । गायक बद्री पंगेनीले सुरुमा महोत्सवका दर्शहरुलाई आमा भन्न मन लाग्छ, आमाको माया लाग्छ भन्दै त्यो आमा जस्को छोरो बिदेश कमाउन गएको छ उ आमा दुखी हुनुहुन्छ होला भन्दै देशमा रोजगार नपाएका कारण वर्षेनी हजारौँ युवाहरु बिदेशी भुमीमा जानु परेकाले आमा बिदा पाँउदिन अहिलेको सालपनि घरमा आँउदिन भन्दै अधिकाँस आमाका छोराहरु बिदेशमा यसै भन्दै होलान भन्दै यस्तै एउटा गीत सुनाउँछु भने ।

जव उनले बिदेश कमाउन गएको छोरो चार्डपर्व र रमाईलोमा घर नर्फीएको कथा ब्यथा समेटेर आमाहरुका लागि भन्दै आफुले गाएको आमा बिदा पाईएन, अहिले भुरीगाउँको महोत्सवमा घरमा आईएन....... गीत जव सुनाए अधिकाँस सबै भावुक भए चुपचाप, शान्त अनि आमाहरु रुन थाले महिलाहरु च्यादरले आँखा भरी भरीएका आँसु पुछदै गीत सुनिरहे ।
अर्को टुक्का आमा नझार आँसु, आमा तिमी रोएर बसे म कसरी बाँचु...... म कसरी हाँसु.... जव सुनाए । सुँक्क सुँक्क रोईरहेका आमाहरुलाई अँगालो मार्न स्टेज छोडेर दर्शकहरु भएको ठाँउमा आएर आमाहरुलाई अंगालो मार्दै पुरै गीत नसकी उनले बिचैमा रोके र भन्न थाले आमाहरु मईले तपाईहरुलाई रुवाउनका लागि यो गीत पस्केको होईन भन्दै नरुन आग्रह गरे ।

अनि त्यस्तै खाले गीत सुनाउन थाले । छल गरेर मेरो हजुर श्रीमती पोईल गई, मन थिएन जोगी बन्नलाई ....... यस्तै यस्तै गीत सुनाएर मनोरञ्जन त दिए नै । तर सुरुमा गाएको गीतले मन रोईरहेका आमाहरुलाई मन थामी नसक्नु बनाए बद्री पंगेनीले । अधिकाँस महिलाहरु रोईरहेका देखिन्थे महोत्सवमा ।
माघ १४ गते देखि संचालन गरीएको महोत्सवमा सुरुका दिन देखि अहिलेसम्म ख्याती प्राप्त राष्टिय तथा स्थानिय कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिईरहेका छन् । महोत्सव सोमबार सकिने आयोजकले जनाएको छ ।
बद्री पंगेनी
बर्दिया
राजेश हमाल