समाज

जेठ १ र १९ गते चुनाव !

जेठ १ र १९ गते चुनाव !
माघ २४ । जेठभित्रै स्थानीय तह निर्वाचन सम्पन्न गर्न तत्काल मिति तोक्न र स्थानीय तह पुनःसंरचना आयोग प्रतिवेदन अबिलम्ब उपलब्ध गराउन निर्वाचन आयोगले सरकार समक्ष आग्रह गरेको छ । कम्तीमा १५ दिनको फरकमा दुई चरणमा निर्वाचन गर्ने भन्दै आयोगले जेठ १ र १९ गतेको मितिसमेत प्रस्ताव गरेको छ । सरकारले निर्वाचनका लागि लेखेको पत्रको तीन दिनमा जवाफ दिँदै आयोगले ससर्त मिति प्रस्ताव गरेको हो । आयोगमा आइतबार भएको बैठकमा मिति र प्रतिवेन प्राप्त नहुंदासम्म चुनावको तयारीले तिब्रता नलिने निष्कर्ष निकालेको छ । नागरिक

election

विशेष