समाज

संघीय र प्रादेशिक निजामती ऐनको मस्यौदा बन्दै

संघीय र प्रादेशिक निजामती ऐनको मस्यौदा बन्दै
माघ २४ । सरकारले संविधान कार्यान्वयन गर्ने क्रममा कर्मचारीसँग सम्बन्धित दुईवटा छुट्टाछुट्टै ऐनको मसौदा बनाउने गृहकार्य गरेको छ । सामान्य प्रशासन मन्त्रालयले संघ र प्रदेशको प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने संघीय निजामती सेवा ऐन र प्रदेश निजामती सेवा ऐनको छुट्टाछुट्टै मस्यौदा बनाउने गृहकार्य थालेको हो । के छ संवैधानिक प्रावधान संविधानको धारा २८५ मा नेपाल सरकारले देशको प्रशासन संचालन गर्न संघीय निजामती सेवा ऐन र आवश्यकताअनुसार अन्य संघीय सरकारी सेवाहरुको गठन गर्न सकिने प्रावधान राखिएको छ । नयाँ पत्रिका

Mnistry of Administration

विशेष