प्रवास

कतारमा २२ नेपाली अलपत्र

कतारमा २२ नेपाली अलपत्र

माघ २४ । चार महिनको तलब नदिई कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कबिहिन भएपछि कतारमा २२ नेपाली कामदार अलपत्र परेका छन् । पीडितले उद्धारका लागि नेपाली दूतावाससहित कतारी निकायमा पुगे पनि सुनुवाई हुन नसकेको गुनासो गरेका छन् ।

आठ महिनाअघि कतार पुगेका उनीहरु टिम वर्करियल कम्पनीमा कार्यरत थिए । उनीहरुलाई खानसमेत अभाव हुन थालेको छ ।

चितवनका कृष्णप्रसाद ढकाल, रुपन्देहीका हरिनारायण थारु र सफिक महमद फगिर, स्याङ्जाका रिगबहादुर गुरुङ, दैलेखका राजु शाही, मोरङका विनोदकुमार डगलसिंह लिम्बु लगाएतका नेपाली अलपत्र परेका हुन् ।

पीडित कामदार स्वदेश पठाइदिन भन्दै कतारको खोज अनुसन्धान केन्द्रसमेत पुगेका थिए । कम्पनीका व्यवस्थापक भने तलब र टिकट ल्याइदिन्छु भनि राहदानी लिएर बेपत्ता भएका थिए । कान्तिपुर

Nepali Alapatra Qatar

विशेष