कमल थापालाई आफ्नै खुट्टामा बञ्चरो हाने जस्तो
माघ २४ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पशुपति शमशेर राणा नेतृत्वको राप्रपासँग एकता गर्ने निर्णय लिए । राप्रपासँगको एकतापछि अझै ठूलो राजनीतिक दलको अध्यक्ष हुने थापाको अभिलाषा थियो ।
तर २१ माघमा भएको संयुक्त क्षेत्रीय अधिवेशनमा काठमाडौं र झापाबाहेकका जिल्लामा राणा पक्षधर हावी भएपछि थापा तनावमा छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट नौ नौ जना प्रतिनिधि छानिन्छन् । जिल्लाबाट पनि नौ नौ जना छानिने व्यवस्था छ । थापा पक्षधर प्रतिनिधि काठमाडौं र झापामा भने एकछत्र चयन भएका छन् । तर दूर्भाग्य बाँकी क्षेत्रमा राणा हावी भए । ठूलो दलको अध्यक्ष हुने आशा बोकेर एकतामा गएका कमल थापालाई अहिले आफ्नो खुट्टामा आफैले बञ्चरो हाने सरह भएको विश्लेषण गर्न थालिएको छ ।
भोलि २५ गते जिल्ला अधिवेशन छ । जिल्ला अधिवेशनमा थापाको एकछत्र विजय भएमा राणा समूहका प्रतिनिधिलाई साइजमा राख्न उनलाई सजिलो हुनेछ ।
राप्रपाको महाधिवेसन फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा हुँदैछ ।