खेल

१५ वर्षपछि क्यामरुनलाई अफ्रिका कपको उपाधि

१५ वर्षपछि क्यामरुनलाई अफ्रिका कपको उपाधि

माघ २४ । यस वर्षको अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको उपाधि क्यामरुनले जितेको छ ।

गाबोनमा सम्पन्न प्रतियोगिता अन्तर्गत आइतबार राती भएको फाईनल खेलमा ईजिप्टलाई २÷१ ले हराउँदै क्यामरुनले पाँचौ पटक अफ्रिका कपको उपाधि जितेको हो ।

खेलमा ईजिप्टका एल्नेनीले पहिलो गोल गरे । तर क्यामरुनका एन्कुलु र अबुबकारले एक एक गोल गर्दै क्यामरुनलाई उपाधि जिताएका हुन् ।

क्यामारुनको लागि यो पाँचौ उपाधि भएपनि पछिल्लो १५ वर्षमा भने यो पहिलो उपाधि हो ।

Afican Cup

विशेष