मनोरञ्जन

मिस टिनको उपाधि राेजिका पोखरेललाई

मिस टिनको उपाधि राेजिका पोखरेललाई
माघ २४ । एकतीस प्रतिस्पर्धीलाई उछिन्दै रोजिका पोखरेलले ‘मिस टिन कन्टेस्ट नेपाल–२०१७’ को शीर्ष उपाधि जितेकी छन् । प्रतियोगितामा मिस ट्यालेन्टसहित प्रथम कविना थापा उपविजेता र मस्ट इन्टेलिजेन्टसहित भावना काफ्ले द्वितीय उपविजेता बनेका हुन् । शर्मिला सापकोटा तृतीय उपविजेता र इशिका शाक्य चौथो भएकी छन् । यसैगरी, मिस ब्युटिफुल सुष्मा लामा, ब्युटी विथ रेस्पोन्सिबिलिटी पूजा श्रेष्ठ, बेस्ट पर्सनालिटी बिशेस्था शिल्पकार, बेस्ट क्याटवाक सम्झना राई, मस्ट फोटोजेनिक मिठु पाण्डे, मस्ट पपुलर सलिना पाण्डे, मस्ट स्टाइलिस्ट प्रगति राई र मस्ट फ्रेन्ड्लीको उपाधि सोनी मगरले प्राप्त गरिन ।

Miss Teen

विशेष