खेल

आयरल्याण्ड टेस्ट क्रिकेट मान्यताको नजिक

आयरल्याण्ड टेस्ट क्रिकेट मान्यताको नजिक
माघ–२४ । आयरल्याण्डले क्रिकेटमा टेस्ट राष्ट्रको मान्यता पाउने सम्भावना देखिएको छ । अन्तराष्ट्रिय क्रिकेट समिति बोर्ड (अार्इसिसि)ले दुबईमा अप्रिल महिनामा बस्ने बैठकपछि आयरल्याण्डले उक्त मान्यता पाउने सम्भावना रहेको हो । आयरल्याण्ड र अफगानिस्तानलाई पछिको योजनामा संलग्न गराइने सम्झौता भइसकेको छ । बैठकमा आईसिसिले ९ टोली समावेश भएको टेस्ट लिग हरेक दुई वर्षमा हुनु पर्ने सिद्धान्तमा सहमति जनाएको छ । २०१९ को विश्वकप पछि यो सिद्धान्त लागू हुने देखिन्छ । सबै निर्णय आईसिसिले अप्रिलमा बस्ने निर्णयले तय गर्नेछ । तर आयरल्याण्ड र अफगानिस्तानले सिधै टेस्ट खेल्न पाउने वा टेस्ट क्रिकेटको नयाँ ढाँचा कुर्नु पर्ने भने अझै यकिन भइसकेको छैन । आयरल्याण्डले एकदिवसीयमा सन् २००६ को जूनमा प्रवेश गरेको थियो भने अफगानिस्तानले त्यसको ३ वर्ष पछाडि एकदिवसीय क्रिकेटमा प्रवेश भयो ।

आईसिसि आयरल्याण्ड टेस्ट राष्ट्रको मान्यता

विशेष