स्वास्थ्य

सरकारले थप ४ कडा रोगको उपचार निःशुल्क गर्ने

सरकारले थप ४ कडा रोगको उपचार निःशुल्क गर्ने
माघ – २४ । सरकारले विपन्न वर्गका लागि थप चार प्रकारका कडा रोगको उपचार निःशुल्क गर्ने तयारी गरेको छ । अब निःशुल्क उपचारको सूचीमा कलेजो, अप्लाष्टिक एनिमिया, थालेसिमिया तथा मस्तिष्क घात थप्ने प्रस्ताव गरिएको हो । साथै सरकारले उपचारका लागि सहायता रकम पनि वढाउने भएको छ । सरकारले सहायता रकम एक लाखबाट बढाएर पाँच लाख पुर्याउने पस्ताव गरेको छ । योभन्दा अगाडि कडा रोग लागेकाको उपचारका लागि सहायता रकम एक लाख दिने भनिएको थियो । साथै फागुन १ गतेदेखि लागू हुने गरी बाथ, मुटु रोग, मुटुको भल्भ फेर्ने, शल्यक्रिया तथा औषधि उपचार सबै निःशुल्क हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो व्यवस्था लागू भएसँगै अब मुटुका विरामी विपन्न नागरिकले प्याकेजमै मुटु रोग सम्बन्धी निःशुल्क उपचारको सुविधा पाउने छन् । यसभन्दा अघि सरकारले विपन्न वर्गका लागि हाल ८ प्रकारका कडा रोगको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । हालसम्म विपन्न वर्गहरुका लागि मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचार निःशुल्क छ ।

उपचार निःशुल्क

विशेष