खेल

झापा गोल्डकप जितेसँगै मनाङको एक सिजनमा ह्याट्रिक उपाधि

झापा गोल्डकप जितेसँगै मनाङको एक सिजनमा ह्याट्रिक उपाधि
माघ–२४ । दोस्रो रमपम झापा गोल्डकपको उपाधि मनाङ मस्र्याङदीले आयोजक झापा ११ लाई हराउँदै जितेको छ । यो सिजनमा उपाधिको ह्याट्रिक गरेको मनाङले झापा गोल्डकपको फाइनलमा झापा ११ लाई १–० ले हराएको हो । पहिलो हाफ गोलरहित सकिएको खेलमा ओवालेले ६३ औँ मिनेटमा गोल गर्दै मनाङलाई सुरुवाति अग्रता दिलाए । उनको त्यो गोल नै खेलको निर्णायक गोल बन्यो । जितसँगै मनाङले ७ लाख रुपैयाँ पुरस्कार स्वरुप पाएको छ भने उपविजेता बनेको झापाले ३ लाख ५० हजार पुरस्कार पाएको छ । यसअघि मनाङले माघ २ गते खप्तड गोल्डकप जितेको दुई साता नबित्दै मनाङले आहा रारा गोल्डकपको उपाधि पनि जितेको थियो ।

मनाङ मस्र्याङदी रमपम झापा गोल्डकप ह्याट्रिक उपाधि

विशेष