खेल

कुकले इंग्ल्याण्डको टेस्ट कप्तानबाट दिए राजीनामा

कुकले इंग्ल्याण्डको टेस्ट कप्तानबाट दिए राजीनामा
माघ–२४ । इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान एलास्टेयर कुकले टेस्टका कप्तानीबाट राजीनामा दिएका छन् । इंग्ल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड (ईसीबी) का अनुसार कुकले सोमबार टेस्ट कप्तानीबाट राजीनामा दिएका हुन् । उनले टेस्टमा ५९ खेलको कप्तानी पारी सम्हालेका थिए । सन् २०१२ देखि इंग्ल्याण्डको टेस्ट टिम सम्हालेका कुकले खेल समयमा ११ हजार ५७ रन जोडे । सन् २०१३ र ०१५ मा उनको कप्तानीमा टिमलाई एशेस ट्रफी दिलाएका थिए । यसबाहेक उनले भारत र दक्षिण अफ्रिकामा पनि टेस्ट सिरिज जितेका थिए । तर अघिल्लो वर्षमा भएको भारतसँगको टेस्ट सिरिज ४–० ले पराजित भएपछि उनको भूमिका माथि प्रश्न उठेको थियो । ‘इंलिस टिमका कप्तान हुनु र पछिल्लो पाँच वर्षमा टेस्ट टिमको अगुवाई गर्नु मेरो लागि ठूलो सम्मानको विषय हो,’ कुकले भने,‘कप्तानीबाट तल झर्नु निकै कठिन निर्णय हो । तर, मलाई र टिमका लागि उचित समयमा लिइएको उचित कदम हो ।’

इंग्ल्याण्ड एलास्टेयर कुक क्रिकेट

विशेष