मनोरञ्जन

फेरि देखिए पूर्वश्रीमतीका साथमा रितिक

फेरि देखिए पूर्वश्रीमतीका साथमा रितिक
आफ्नो नयाँ फिल्म काबिलको सफलताको पार्टी गरिरहेका रितिक रोशन फेरि एकपटक पूर्वश्रीमती सुजैन खानका साथमा देखिएका छन् । सुजनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा तस्बिर शेयर गरेकी छिन् जसमा रितिकका साथमा अक्षय कुमार र ट्वींकल खन्ना पनि देखिएकी छिन् । सुजैनले इन्स्टाग्राममा हालेको तस्बिरमा रितिकका साथमा उनका बच्चा पनि थिए । केही सयमपछि रितिक र सुजनको सम्बन्धविच्छेद भएको थियो । तर, पछिल्लो समय धेरै ठाउँमा उनी साथै देखिने गरेका छन् । सुजैनले फिल्म काविल रिलिज हुनपहिला इन्स्टाग्राममा आफ्नो र रितिक रोशनको तस्बिर शेयर गर्दै भारतीय सिनमामा दिल छुने कलाकार रितिक हुन् । काविलले तपाईंहरुलाई भावुक बनाउने छ । फिल्मका टीम यामी र संजय गुप्तालाई बधाई । लाम्रो समयको डेटपछि रितिक र सुजैनले २० डिसेम्बर २०००मा विवाह गरेका थिए । १३ सालपछि उनीहरुले २०१३मा उनीहरु सम्बन्ध तोड्नै निर्णय गरेका थिए । सुजैनले आफ्नो र रितिकको सम्बन्धविच्छेदको कारण खुलाउँदै भनेकी थिइन् । हामी हाम्रो जिन्दगीको यस्तो स्टेजमा पुगेका थियौँ जहाँ हामीले सोच्यौँ हामी एकअर्काबाट अलग रहँदा नै राम्रो हुने । उनले थपिन् नक्कली सम्बन्ध देखाउँनु भन्दा सचाइमा बाँच्नु नै राम्रो हुनछ ।

रितिक रोशन

विशेष