खेल

हिमालयन शेर्पा सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

हिमालयन शेर्पा सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश
माघ–२४ । बाराको सिमरा रंगशालामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटबलअन्तर्गत सोमबार भएको खेलमा जित हात पार्दै हिमालयन शेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । हिमालयनले रुपन्देही ११ लाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । हिमालयनको लागि ५२ औँ मिनेटमा निशान लिम्बुले गरेको गोल नै निर्णायक गोल बन्यो । खेलको म्यान अफ दि म्याच हिमालयन क्लबका निशान लिम्बु घोषित भए । उनले पाँच हजार नगर पुरस्कार प्राप्त गरे । यसअघि सिएमजी संकटा क्लब र विजय युथ क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र वीरगन्ज युनाईटेड क्लबबीच खेल हुनेछ ।

रुस्लान आठौँ सिमरा गोल्डकप सेमिफाइनल हिमालयन शेर्पा क्लब

विशेष