समाज

बस दुर्घटनामा २० घाइते, २ काे अवस्था गम्भीर

बस दुर्घटनामा २० घाइते, २ काे अवस्था गम्भीर
माघ - २४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् पर्ने कैलालीको घोडाघोडी नगरपालिका सडकखन्डमा सोमबार अपराह्न ना६ख ६३२८ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार भीमदत्तनगरबाट नेपालगन्जतर्फ गइरहेको उक्त बस दुर्घटनाबाट घाइतेमध्ये कन्चनपुर, सुडाका ५५ वर्षीया द्रौपदी र निजकै श्रीमान् ६० वर्षीय दिलबहादुर बमको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते दुबैलाई उपचारका लगि नेपालगन्जतर्फ पठाइएको छ । बसका चालक दुर्घटनालगत्तै फरार भएको प्रहरीले जनाएको छ ।

road accident

विशेष