मनोरञ्जन

म स्वतन्त्र उड्न चाहन्छु

म स्वतन्त्र उड्न चाहन्छु

माघ २५ । बलिउडमा पहिलो नम्बरकी नायिका हुँदाहुँदै हलिउडमा जम्प मारेकी नायिका दीपिका पादुकोणलाई डेब्यु गरेको पहिलो ट्रिपल एक्सले ठुलो माइलेज दिएको छ ।

सन्देससँगै मनोरञ्जनात्मक भएकैले हलिउड गएको उल्लेख गर्दे उनले हालै भारतीय म्यागाजिन फिल्मफेयरलाई दिएको अन्तरवार्तामा भिन डिजेल अभिनीत उक्त फिल्ममा महिला पात्रलाई बढी महत्व दिएकोमा खुसी लागेको बताएकी छन् ।

खासमा त्यो अहिले आधुनिक समाजको दर्पण पनि हो जहाँ महिलाको योगदान ठूलो छ । दीपिकाले भनेकी छन् नत्र केही वर्षअघिका यस्तै फिल्ममा मेरोजस्तो चरित्रलाई प्राय रेक्यु मात्रै गरिएको हेर्नुपथ्यो ।’ट्रिपल एक्समा लेडीको भुमिकामा देखिँदा आफ्नो खेलाडी पृष्ठभुमिका सार्थै यसअघि बलिउड फिल्ममा काम गर्दाकै अनुभवले सहज भएको दीपिकाले स्टन्ट एक्सन सिनमा आफुले बढी इन्जोय गरेको बताइन् ।

उनका अनुसार बलिउड र हलिउडबीच त्यस्तो भिन्नता छैन । टेक्नोलोजी र टेक्निक हेर्ने हो भने त झनै बलिउडसँग समानता रहेको देखे जसले गर्दा मलाई मेरो प्यारेन्ट फिल्म इन्डस्ट्रीदेखि गर्व लागेको छ । उनले भनेकी छन् । पश्चिमा कलाकार फिल्मबाट आवएूहरुबाट नयाँ कुरा सिक्ने गरेको सुनाइन् ।

हालै मात्र आफूलाई बस्सअफिसमा किङ मान्न अस्वीकार गरेका अभिनेता अमीर खानले दीपिकालाई भने सुपरटर भनी टिप्पणी गरिदिएका थिए । यसबारेमा उनले भनेकी छन् । सतही रुपमा त यो कराले मलाई खुसी नै दियो त हामी आफ्नो कामप्रति बढी इमानदार हुनुपर्छ । जुनसुकै खालका ट्याग वा लेबलले झन बढी दबाद दिन्छन् । म खासमा यस्ता ट्यागबाट मुक्त हुन चाहन्छु । ठुूलो आशा र बोझको भारी बोकेर म कुनै पनि काममा रमाउन सिक्दिन । म त उड्न चाहने मान्छे हुँ । रमाइलो गर्नु पर्ने मान्छे हुँ ।

dipika padukon

विशेष