समाज

बिहे गर्ने उमेर नुग्दै सम्बन्ध विच्छेद !

बिहे गर्ने उमेर नुग्दै सम्बन्ध विच्छेद !

माघ २५ । शारीरिक र कानुनी हिसाबले बिहे गर्ने उमेर २० वर्ष तोकिएको छ तर जाजरकोटमा विवाह गर्ने उमेरमा सम्बन्ध विच्छेदका घटना बाहिर आउन थालेका छन् । जिल्लाको खगेनकोट २ की २१ वर्षीय मीना दमाई (नाम परिवर्तन) ले पतिसँग अंश दाबी गर्दे केही समयअघि सम्बध विच्छेदको मुद्दा अदालतमा दर्ता गराइन । केही समयअघि बादी र प्रतिबादीबीच अदालतमै मिलापत्र गरेको कागजमा दुबैले सहीछाप ठोके ।

१६ वर्षको उमेरमा विवाह गरेको मीनाको एउटा छोरी छिन् । विवाह गरेको दुई वर्षपछि पति वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । दुई वर्ष विदेश बसेर फर्केलगत्तै पतिपत्नीबीच खटपट सुरु भयो । आफू विदेश गएको बेला पत्नीले परपुरुषसँग अबैध सम्बन्ध राखेको आरेप लगाउँदै पतिले दिनहुँ कुटपिट गर्न थालेपछि उनीहरु सम्बन्ध विच्छेदको अवस्थामा पुगेका हुन ।

पढ्ने उमेरमा लहैलहमा बिहे गरेँ । विवाह गर्ने उमेरमा सम्बन्ध विच्छेद गर्नुपर्यो । मिनाले पछुताउँदै भनिन् । चरम यातना र हिंसा सहेर बस्नु भन्दा एक्लै बस्छु भनेर सम्बन्ध विच्छेद गरेकी हुँ । मेरोजस्तो अवस्था कसैले भोग्नु नपरोस् ।

नायकबाडा –२ की १९ वर्षीया कालिका मल्ल (नाम परिवर्तन) ले पतिसँग अंश भराइँ सम्बन्ध विच्छेद गराइपाऊँ भनि जिल्ला अदालतमा मुद्दा दर्ता गराईन । मुद्दा दर्ता भएको केही समयमै उनीहरुले आदालतमै आएर मिलापत्र गरेका कागज गरेर गए । मुद्दा खारेज भयो । अहिले दुबै जना अलगअलग छन् । १५ वर्षको उमेरमै विवाह गरेकी मल्लको चार वर्षपनि सम्बन्ध टिक्न सकेन ।

अन्नपूर्ण

Daivorce

विशेष