मनोरञ्जन

सेन्सरले दियो ‘लुट २’ लाई ‘पिजी’ को ट्याग

सेन्सरले दियो ‘लुट २’ लाई ‘पिजी’ को ट्याग

माघ २५ । फल्गुन १३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लुट २’ लाई सेन्सर बोर्डले पिजीको ट्याग दिएको छ । अर्थात सेन्सरले यस फिल्म बालबालीकालाई आफ्नो अभिभावकको रेखदेखमा मात्र हेर्न सुझाएको छ । सेन्सरले फिल्मका केही संवादलाई काटेर बालबालिकाले अभिभावकको रेखदेखमा हेर्नुपर्ने सर्टिफिकेट दिएको हो ।

यस विषयमा निर्देशक निश्चल बस्नेतले दृश्य र संवाद काट्दा पनि एडल्ट या वयस्कलेमात्र हेर्नुपर्ने प्रमाणपत्र दिएमा आफू अदालत जाने अभिव्यक्ति दिएका थिए । आइतबार उक्त फिल्म सेन्सर भएको हो । निर्माण पक्षले पछि सेन्सरमा हुने किचलोको कारण चाडै नै सेन्सरमा लगेको बताएको छ ।

सुपरहिट चलचित्र लुटको सिक्वेल बनेर आएको फिल्म लुट २ मा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, सृजना सुब्बा, ऋचा शर्मा, बिपिन कार्की लगायत लिड रोलमा रहेका छन् ।

Loot 2

विशेष