मनोरञ्जन

वरुणले सलमानलाई अंकल भन्दा झण्डै झाप्पड खाए

वरुणले सलमानलाई अंकल भन्दा झण्डै झाप्पड खाए

माघ २५ । अहिले नेपालीमा एउटा उखान नै बनेको छ । ‘न सूर्य पश्चिमबाट उदाउँछ न राजेश हमाल’ बुढो हुन्छ । बलिउड अभिनेता सलमान खानमा पनि यो उखान लागू नहुन दुई मत छैन । उमेरले ५० नाघिसकेका सलमान आफूलाई कसैले अंकल भनेर सम्बोधन गरेको मन पराउँदैनन् ।

सलमान खानले दोहोरो भूमिकामा अभिनय गरेको फिल्म ‘जुडुवा’ वरुण धवनका पिता डेभिड धवानले निर्देशक गरेका हुन् । सलमान डेभिडका साथी हुनाले वरुणले सलमानसँगको पहिलो भेटमा उनलाई अंकल भनेर सम्बोधन गरेका थिए । त्यसपछि पहिलो भेटमै सलमानले आइन्दा अंकल भने झापड हान्छु भनेर धम्क्याए वरुणलाई धम्क्याए । उमेरमा वरुण सलमान भन्दा २२ वर्षले कान्छा छन् ।

सुपरहिट फिल्म जुडुवाको रिमेक हुँदै छ । फिल्मको निर्देशन पनि डेभिडले नै गर्दै छन् । फिल्ममा वरुण लिड भूमिकामा देखिदैँ छन् भने सलमानले अतिथि भूमिकामा अभिनय गर्नेछन् । फिल्ममा ज्याकलीन फर्नाडेज र तप्सी पन्नु हिरोइनका रुपमा देखिनेछन् ।

salman khan

विशेष