मनोरञ्जन

‘रइस’ लाई लगायो पाकिस्तानले प्रतिबन्ध

‘रइस’ लाई लगायो पाकिस्तानले प्रतिबन्ध

माघ २५ । बलिउड सुपरस्टार शाहरुख खान स्टारर फिल्म ‘रइस’ पाकिस्तानमा ब्यान भएको छ ।

पाकिस्तानी अभिनेत्री माहिरा खान समेत रहेको उक्त फिल्मलाई सोमबार पाकिस्तानले रिलिज हुनबाट प्रतिबन्ध लगाएको हो । फिल्मका केही आपत्तिजनक कथाका कारण पाकिस्तानले फिल्मलाई प्रतिबन्ध गरेको बताइएको छ ।

फिल्म आइतबारबाट पाकिस्तानका हलहरुमा चल्ने बताइएको थियो । स्रोतकाअनुसार फिल्ममा इस्लाम धर्मवालम्बीलाई तल्लो स्तमा राख्न खोजेको र मुसलमानहरु जति सबै आतंककारी मात्र हुन्छन् भन्ने दर्शकमा नकारात्मक छाप पारेको कारण फिल्म पाकिस्तानमा रिलिज नहुने भारतीय मिडियाले जनाएको छ ।

Rais Saruk Khan

विशेष