स्वास्थ्य

११ वटा मुहानको पानीमा दिसामा पाइने जीवाणु भेटियो

११ वटा मुहानको पानीमा दिसामा पाइने जीवाणु भेटियो
माघ - २५ । गाउँबासीले नियमित उपभोग गरिरहेको उत्तरी धादिङको बसेरी गाविसमा रहेको पानीमा दिसामा पाइने जीवाणु (कोलीफर्म) भेटिएको छ । बसेरी गाविसमा नागरिकले उपभोग गरिरहेको २१ मुहानको पानी जाँच गर्दा ११ मुहानको पानीमा कोलीफर्म भेटिएको हो । कोसोक नेपालले युएमएनको सहयोगमा बसेरी स्वास्थ्यचौकीको अगुवाइमा खानेपानी परीक्षण गरेको हो । यहाँका मुहानबाट पानीको नमुना लिएर जाँच गर्दा यसमा देखिएको कोलीफर्मले मानिस बिरामी हुने र महामारी फैलिने खतरा रहेको देखिएको कोसोकका कार्यक्रम संयोजक शान्ति तामाङले बताइन् । गाउँभरिको पानीमा यस्तो देखिएकाले यसको लागि मुहान सफाइ तथा पानीलाई निर्मलीकरण गरेर खान भनिएको पनि तामाङको भनाइ छ । पानीमा कोलीफर्म भेटिनुको कारण मुहान संरक्षणमा कमी भएकाले मुहान सुरक्षा गरी सरसफाइमा ध्यान दिनुपर्ने बताइएको छ । रासस

Coli-form-Bacteria

विशेष