मनोरञ्जन

‘म बक्स अफिस किङ होइन’

‘म बक्स अफिस किङ होइन’
माघ - २५ । बलिउडका सुपरस्टार अभिनेता आमीर खानले आफूलाई बक्स अफिर किङ नभएको बताएका छन् । उनी अभिनित फिल्म ‘दंगल’ ले ३८५ करोडको व्यापार गरेपछि उनीमाथि बक्स अफिस किङको ट्याग लगाइएको हो । आमीरले यो ट्यागको प्रसंगमा फिल्म छान्नुअघि आफूले कहिल्यै पनि राम्रो व्यापार गरोस् भन्ने हिसाबले नछान्ने गरेको बताए । आमीरका अनुसार उनी सधैँ कथावस्तु हेरेर जुन फिल्मले मन छुन्छ त्यही फिल्म खेल्न तयार हुन्छन् । दंगलको सफलताको पार्टीमा देखिएका आमीरले रिपोर्टरसँग गफीदैँ अहिलेसम्म काम गरेका फिल्म सबै मनैबाट छानेको बताए । आफूले तारे जमिन पर, थ्री इडियट्स, रंग दे बसन्तीजस्ता फिल्म खेल्दा पनि ती फिल्महरुले त्यती धेरै व्यापार गर्छन भन्ने कुरा नसोचेको उनले बताए । दंगलको कुरा गर्दा दंगलमा आफूले बुढो बाबु र बुढो रेस्लरको भूमिका निर्वाह गरेको र फिल्ममा केही रोमान्टिक गीत या सिन पनि नभएकाले फिल्मले यति धेरै सफला पाउने आशा उनीहरुमा थिएन । तैपनि फिल्म ब्लकबस्टर भयो जुन आफूहरुले कदाचित नसोचेको उनले जोडे । आमीरले आफ्नो लागि सबभन्दा ठूलो अवार्ड नै दर्शकहरुको माया भएको बताएका छन् । यो भन्दा अरु अवार्डको बारेमा आफू कहिल्यै सोच्दा पनि नसोच्ने उनले बताए ।

Aamir Khan Dangal

विशेष