मनोरञ्जन

सृष्टि केसीको बायोपिक बन्ने, बैंकर अनिल शाहले अभिनय गर्ने

सृष्टि केसीको बायोपिक बन्ने, बैंकर अनिल शाहले अभिनय गर्ने
माघ - २५ । ‘ब्लाइन्ड रक्स’ नेपालकी फाउण्डरसमेत रहेकी सृष्टी केसीलाई नचिन्ने कमै छन् । उनको जीवनकथामा आधारित बायोपिक बनाउन निर्माता निर्देशक कस्सिएका छन् । निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेका फिल्म फ्लोरमा गइसकेको छ ।
फिल्ममा अभिनेता अर्पण थापा र बेनिशा हमाल मुख्य भूमिकामा देखिदैँ छन् । बैंकर अनिल शाहकोसमेत भूमिका रहन लागेको फिल्ममा अभिनेत्री गौरी मल्ल पनि अभिनयमा रहनेछिन् । बैंकर अनिल शाहले फिल्ममा आफू कथाको वक्ताको रुपमा भूमिका निवाह गर्ने बताए । सृष्टि केसी अहिले धेरै युवापुस्तामाझ प्रेरणाको स्रोत बनेकी छिन् । सोह्र वर्षको कलिलो उमेरमा उनले डाक्टरको लापरवाहीका कारण दुबै आँखा गुमाउन पुगिन् । आज उनले ब्लाइन्ड रक्स नाम गरेको संस्था खोलेर आफूजस्ता सयौँ दृष्टिविहिनलाई सक्षम बन्न सहारा दिएकी छिन् ।

ब्लाइन्ड रक्स

विशेष