स्वास्थ्य

मदिरा नियन्त्रणको लागि गगन थापाले ल्याउने भए यस्तो नीति

मदिरा नियन्त्रणको लागि गगन थापाले ल्याउने भए यस्तो नीति
माघ २५ । रक्सी तथा मदिरापानले निम्त्याएको विभिन्न समस्यालाई नियन्त्रणमा ल्याउन स्वस्थमन्त्री गगन थापाले कडा नियम तथा योजन ल्याउने तयारीमा छन् । यसको लागि उनले राष्ट्रिय मदिरा नीति २०७३ ल्याउन लागो हुन् । मन्त्री थापाले ल्याउन लाएको उक्त नीतिमा मदिराको उत्पादन, बिक्री बितरण र सेवन सम्बन्धी विज्ञापन, प्रवद्र्धन, प्रायोजन र समाचार कुनै पनि सञ्चार माध्यमाट प्रचार प्रसार गर्न निषेध गरेको छ । यसका साथै अब हरेक वर्ष राष्ट्रिय मदिरारहित दिवस पनि मनाइने मन्त्री थापाले जानकारी दिएका छन् । नीति भित्र मदिराको बोतलमा ठूलो अक्षरले मदिरा स्वास्थको लागि हानिकारा छ भनेर समेत लेखिनुपर्नेछ । यसका साथै बोतलको ७५ प्रशित भागमा मदिरा सेवनका कारण क्षति भएको कलेजो वा मुटु रोगको चित्र पनि राखिनुपर्ने छ । मदिरा नियन्त्रणका चलचित्र, टेलिफिल्म, नाटकजस्ता कुनै पनि मनोरञ्नात्मक, समाचारमूलक र श्रव्यदृश्य कार्यक्रममा कलाकारको प्रयोग, उत्पादन कम्पनीको ब्रान्ड वा लोगो राख्न निषेध हुनेछ । यसका साथै विहान ७ बजेदेखि बेलेकी ७ बजेसम्म खुला रुपमा मदिरा बिक्री गर्न पाइने छैन । यस्तो बन्नेछ मदिरा नियन्त्रण नीति
१) मदिराको हानिकारक प्रयोग र यसका कारणले हुने जनस्वास्थ्य, सामाजिक र आर्थिक समस्याका विषयमा जनचेतना अभिबृद्धि गर्ने । २) मदिराको उत्पादन, बिक्री, वितरण र सेवन सम्बन्धी विज्ञापन, प्रवद्र्धन, प्रायोजन र समाचार कुनै पनि प्रकारको सञ्चार माध्यम र तरिकाबाट प्रचारप्रसार गर्न निषेध गर्ने । ३) मदिराको सहज उपलब्धता र पँहुचलाई नियन्त्रण र नियमन गर्ने । ४) मदिराको उत्पादन, ओसारपसार, आयात, बिक्रीवितण र सेवनमा नियन्त्रण र नियमन गर्ने । ५) मदिराको हानिकारक सेवनका कारणले हुने विकृति, रोग र मृत्युदर घटाउने । ६) मदिराको हरेक वर्ष मूल्यबृद्धि र मदिराको हानिकारक सेवन नियन्त्रण तथा नियमनका लागि पर्याप्त आर्थिक स्रोतको व्यवस्थापन गर्ने । ७) मदिराको प्रयोग गरी सवारी साधन चलाउनमा रोक लगाई दुर्घटना रोकथाम गर्ने । ८) मदिराको उत्पादन तथा सेवनका कारणले सिर्जना हुने गरिबी, कुपोषण र खाद्यान्न अभाव घटाउने । ९) मदिराको हानिकारक सेवनका कारणले हुने पारिवारिक हिंसा, सामाजिक सद्भावमा पुग्ने खलल र असुरक्षाको अवस्था रोक्ने । १०) मदिराको उत्पादन, बिक्री वितरण र उपभोग सम्बन्धी विद्यमान कानुनको समयानुकूल परिमार्जन र एकीकृत गर्ने । ११) मदिराको हानिकारक प्रयोगको नियन्त्रण र नियमन सम्बन्धमा सरोकारवाला निकाय तथा संघसंस्थासँग समन्वयन, सहकार्य र साझेदारी गर्ने । १२) मदिराको हानिकारक प्रयोगको नियन्त्रण र नियमनका लागि मानवीय, वित्तीय वा बजेट एवं भौतिक स्रोतको पर्याप्त व्यवस्था तथा क्षमताको अधिबृद्धि गर्ने । १३) मदिरा सेवनको कारणबाट हुने हानी घटाउने र रोकथाम गर्ने ।
 

Gagan Thapa मदिरा नियन्त्रण

विशेष