Technology

अाइफाेनमा पनि एनटिसीकाे फेरजी सेवा चल्ने, यस्ताे छ सेटिङ गर्ने तरिका

अाइफाेनमा पनि एनटिसीकाे फेरजी सेवा चल्ने, यस्ताे छ सेटिङ गर्ने तरिका
माघ - २५ । नेपाल टेलिकमलेको फोरजी सेवा आइफोनका सबै सिरिजमा चल्ने भएको छ । यसअघि एप्पलले आइफोन ६ र ७ मा टेलिकमको लोकेशन कोड इनेबल नगर्दा फोरजी एक्टिभेट हुन सकेको थिएन । गत जनवरी १ गतेदेखि काठमाडौं र पोखराबाट नेपाल टेलिकमले पोष्टपेडमा फोरजी सुरु भएको थियो । माघ २२ गतेदेखि यि ठाउँमा प्रिपेड ग्राहकले पनि फोरजी चलाउन पाएका छन् । टेकिकमले एप्पलसँग सम्झौता गरेर समस्या सुल्झाएको छ । एप्पलसँग सम्झौता भएपछि अब आइफोन सिक्स, सिक्स एस, सेभेन र सेभेनप्लसमा टेलिकमको फोजी नेटवर्क चल्ने टेलिकमले बताएको छ । यस्तो छ सेटिङ गर्ने तरिका सबैभन्दा पहिलो एप्पलको वेवसाइटमा जाने र त्यहाँ भएको निर्देशन अनुसार फोनको ब्याकअप लिई प्रोफाइल डाउनलोड गर्ने । त्यसपछि General >Setting>Software update  मा गएर Beta Version डाउनलाेड गरेर  अाइफाेनमा नेपाल टेलिकमकाे फाेरजी चलाउन सकिने टेलिकमले जानकारी दिएकाे छ।

4G NTC

विशेष