देश

मोटरबाटोमा काम गर्ने मजदुरको भीरबाट लडेर मृत्यु

मोटरबाटोमा काम गर्ने मजदुरको भीरबाट लडेर मृत्यु
माघ - २५ । जाजरकाेट, राष्ट्रिय गौरवको आयोजना नलसिङ गाड जलविद्युत आयोजनाको पावर हाउसदेखि ड्याम स्थलतिरको मोटरवाटोमा काम गरिरहेका एक मजदुरको भीरवाट लडेर मृत्यु भएको छ । भीरवाट लडेर घाईते भएका ती मजदुरको उपचारका लागि जिल्ला अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा रुकुम घेत्मा–२ का २७ बर्षिय अनन्त बिक रहेको प्रहरीले जनाएको छ । बिक नलसिङ गाड जलविद्युत आयोजना पहुँचमार्गको गिरेणी भिरमा बलास्टिङ्गका लागि होल खोल्ने काममा सहभागी मजदुर हुन् । गिरेणी भिरमा काम गरिरहेको अबस्थामा माथिवाट आएको माटोको ढिस्का लागेर बिक करिव १ सय ५० मीटर तल खेसेर घाईते भएको प्रहरीले जनाएको छ । घाईते अबस्थामा रहेका बिकलाई उपचारको लागि जिल्ला अस्पताल खलंगातिर ल्याउदै गर्दा मंगलवार बाटोमै मृत्यु भएको पहरीको भनाई रहेको छ । बिकको लास जिल्ला अस्पतालले पोष्टमार्टम गरेर मृतकका आफन्तजनलाई बुझाई सकेको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ ।

मृत्यु

विशेष