सिमरा गोल्डकपः आर्मी सेमिफाइनलमा प्रवेश

माघ - २५ । बारामा जारी सिमरा गोल्डकपमा नेपाल त्रिभुवन आर्मी क्लब विजयी भएको छ । क्वार्टरफाइनलमा वीरगञ्ज युनाइटेडलाई तीन शून्य गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमा दुई शून्य गोल अन्तरले अगाडि रहेका त्रिभुवन आर्मीले दोस्रो हाफमा १ गोल थप्दै आफ्नो विजयलाई सुनिश्चित गरेको थियो । प्रतियोगिता अन्र्तगत बुधबार संकटा क्लब र विजय युथ क्बलबीच खेल हुने छ ।
त्रिभुवन आर्मी