समाज

बालबालिकाको समग्र विकासका लागि एकीकृत परियोजना

बालबालिकाको समग्र विकासका लागि एकीकृत परियोजना
माघ - २५ । बालबालिकाको समग्र बिकासका लागि बिगत केही समय पहिल देखि मध्यपश्चिमका तीन जिल्लामा एकीकृत परियोजना सञ्चालन भैरहेको छ । बालमैत्री कृयाकलापहरु सञ्चालन गरेर मध्यपश्चिमका तीन जिल्लामा एकीकृत परियोजना सञ्चालन भएको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालित एकीकृत परियोजनाले रुकुम, सल्यान र जाजरकोटमा काम गरीरहेको सेभ द चिल्ड्रेन, जाजरकोट संयोजक मनोज सुनुवारले जानकारी दिए । शिक्षा, बाल अधिकार र जिविको पार्जनका क्षेत्रमा बिभिन्न कृयाकलाप सञ्चालन गरी परियोजनाले बालबालिकाको समग्र बिकासमा जोड दिने संयोजक सुनुवारले बताए ।
'बालबालिकाको समग्र बिकासका लागि घरमा भएको एउटा बच्चाको स्वास्थ्य सुधारका लागि पोषणयुक्त खानेकुरा र नियमित खोपको आवश्यक पर्छ, बच्चाको शैक्षिक बिकासका लागि बालमैत्री शिक्षा हुन जरुरी हुन्छ, त्यसैगरी बाल अधिकारलाई संस्थागत गरी नेतृत्व क्षमताको बिकास गराउन बालक्लब गठन तथा परिचालन गर्नु पर्दछ र यस प्रकारको बाताबरण श्रृजना गर्न हरेक बालबालिकाका अविभावकहरु रोजगारीमुलक तथा आय आर्जनमुलक जीविकोपार्जनमा हुनु पर्दछ,' जिल्ला संयोजक सुनुवारले भने–'जिल्लाको झाप्रा, पजारु, सुवानाउली र दशेरा गाविसमा यो परियोजना सञ्चालित छ । बिद्यालय र वडा तहमा गरेर ४ गाविसमा ३६ वटा बालक्लब गठन गरिएको छ । ३६ वटा बालक्लवमा ५ सय २१ जना केटीहरु छन् भने, ४ सय ५ जना केटाहरु गरि जम्मा ९ सय २६ जना बालबालिकाहरु क्लवमा सहभागी भएका छन् । त्यसैगरी ४ गाविसमा ५४ वटा समुह बनाईएको छ । उक्त समुहमा बच्चाका अबिभावकहरुलाई मात्र राखिएको छ । एउटा समुहमा २५ जना भन्दा बढीको संख्या रहेको छ ।' परियोजनाले बालमैत्री शिक्षाका लागि शिक्षक, शिक्षिकाहरुलाई विभिन्न प्रकारका तालिम, बिद्यालयलाई शैक्षिक सामाग्री उपलब्ध गराउदै आएको छ भने, बिद्यालय तथा समुदाय स्तरमा बालक्लवहरु गठन गरी बाल अधिकार सम्बन्धि विभिन्न तालिमहरु दिदै आएको छ । त्यसैगरि दैनिक पोषणयुक्त भोजनका लागि बालबालीकाहरुको घर–घरमा करेसाबारी, घर बगैचाका निर्माणमा आबश्यक पर्ने बीऊ कृषि सामाग्रीहरु उपलब्ध गराई रहेको छ । परियोजनाले बालबालीकाका अविभावकहरुको जीविकोपाजर्नमा सिटिभिटी मार्फत बिभिन्न सिप बिकास तालिम गराउनुको साथै आबश्यक सामाग्री बितरण गर्ने गरेको छ, भने, तीन बर्षिय ब्यापार योजना बनाएका कतिपय अबिभावकलाई सहकारी मार्फत ऋण उपलब्ध गराउदै आएको छ । जाजरकोटमा उक्त परियोजना पाँचतारा युवा संरक्षक मञ्चद्धारा सञ्चालित छ भने, सन् २०१६ जुलाई देखि २०१८ डिसेम्बर सम्मका लागि सञ्चालित परियोजनाले जाजरकोटका ४ वटा गाविसमा रहेका बालबालीकाहरुको बिकासमा निकै ठुलो योगदान गर्ने अपेक्षा राखिएको छ ।
दीपबहादुर घर्ती / जाजरकोट

एकीकृत परियोजना

विशेष