खेल

न्यू डायमन्ड एकेडेमीे सेमिफाइनलमा प्रवेश

न्यू डायमन्ड एकेडेमीे सेमिफाइनलमा प्रवेश
माघ - २५ । पोखरामा जारी सृजना आमन्त्रण महिला तथा पुरुष भलिबलअन्तर्गत् न्यू डायमन्ड एकेडेमीे सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको महिलातर्फको खेलमा युपीए भारतलाई २५–६, २५–६ र २५–१० को सोझो सेटमा पराजित गर्दै न्यू डायमन्ड सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा डायमन्डले अब समूह ‘बी’को उपविजेता पश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ । पश्चिमाञ्चलले मंगलबारै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–१६, २६–१६ र २५–१८ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

Volleyball

विशेष