समाज

सिंहदरवार भवन नभत्काइने

सिंहदरवार भवन नभत्काइने
माघ २६ । भूकम्पले क्षतिग्रस्त १ सय १३ वर्ष पुरानो सिंहदरबार भवन नभत्काइने भएको छ । सहरी विकास मन्त्रालयले ‘डिजिकन इन्जिनियरिङ कन्सल्ट प्राइभेट लिमिटेड’ लाई परामर्शदाता तोकी गरिएको अध्ययन समितिले सिंहदरबार भत्काउनुपर्ने प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनमाथि पुरातत्वका अधिकारीहरुले असन्तुष्टि जनाएपछि पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले सिंहदरबार नभत्काउने निर्णय गर्दै रेक्ट्रोफिटिङका लागि कार्यान्वयन समिति गठन गरेको छ । समितिमा प्राधिकरण, सहरी विकास मन्त्रालयका सहसचिव, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, विज्ञहरु रोहित रञ्जितकार, सन्तोष श्रेष्ठ र रवीन्द्र पुरी छन् । रञ्जितकार पाटन दरबारलाई पुरानै अवस्थामा फर्काउनका लागि संरक्षण र सम्बर्द्धन गर्ने व्यक्ति हुन् । श्रेष्ठ संरचना विज्ञ हुन् भने पुरी भक्तपुरलाई पुरानै अवस्थामा फर्काउने काममा सक्रिय विज्ञ हुन् । सहरी विकास मन्त्रालयमार्फत परामर्शदाताले तयार पारेको अध्ययन प्रतिवेदनले रेट्रोफिटिङ गर्न असम्भव भन्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमाथि प्राधिकरणमा छलफल हुँदा कम्पनीले अध्ययनका क्रममा सिंहदरवार परिसरको माटो–इँटा परीक्षण नगरी निष्कर्ष निकालेको आरोप लागेको थियो । कान्तिपुर

singhadarbar

विशेष