खेल

बार्सिलोना कोपा डेल रे फुटबलको फाईनलमा

बार्सिलोना कोपा डेल रे फुटबलको फाईनलमा

माघ २६ । बार्सिलोना, स्पेनिस कोपा डेल रे फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

तनावपुर्ण खेलमा ९ खेलाडीमा सिमित बार्सिलोनाले सेमिफाईनलको दोस्रो लेगमा एथ्लेटिको मड्रिडलाई १–१ को बराबरीमा रोक्दै समग्रमा ३–२ को नतिजा सहित फाईनल यात्रा तय गरेको हो । घरेलु मैदान नेउ क्याम्पमा बार्साले ४३ औं मिनेटमा लुईस सुआरेजको गोलबाट अग्रता लिएको थियो । ५७ औं मिनेटमा बार्सिलोनाका सेर्गी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सिमित बनेको थियो । त्य

सको १२ मिनेटपछि एथ्लेटिकोका कारास्को दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली पनि १० खेलाडीमा सिमित बन्यो । एथ्लेटिकोका जामिरोले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने कोशिस गरेपनि त्यो पर्याप्त हुन सकेन ।

खेलको अन्तिम मिनेटमा सुआरेज दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सा ९ खेलाडीमा सिमित भएको थियो ।

Copa Delre

विशेष