मनोरञ्जन

नेपालकी तेरिया भनेर चिनिन चाहन्छु

नेपालकी तेरिया भनेर चिनिन चाहन्छु

माघ २६ । भारतीय सिनियर डान्स स्टारबीचको ठूलो प्रतियोति झलक दिखलाजा जितेकी तेरिया फैजामगर आफू नेपालकी तेरिया बन्न चाहेको बताएकी छन् । यसका लागि केही समय भारतमै बसेर करिअर बनाउने पनि उनको योजना छ ।

नेपालीको साथ र माया लिएर त्यहाँ काम गर्ने छु । मंगलबार बुटबलमा आयोजित सम्मान कार्यक्रममा उनले भनिन् । किनभने म तेरिया मात्र नभई नेपालकी तेरिया भनेर देशको नाम उचो बनाउन चाहन्छु ।

१४ वर्षे तेरियाको भविष्यमा कोरियोग्राफी र अभिनयमा लाग्ने सोच छ भारतमै बसेर यसको जग बसाउने उल्लेख गर्दै उनले थपिन त्यहाँको प्लेटफर्मबाट नेपालको लागि काम गर्ने छु ।

आफूलाई पटकपटक जिताउन सहयोग गर्ने नेपाली दाजुभाई दिदीबहिनको गुन तिर्न पनि यसो गर्ने उनले बताइन् ।

Teria Magar

विशेष