समाज

ट्यांकरको ठक्करबाट किशोरीको मृत्यु

ट्यांकरको ठक्करबाट किशोरीको मृत्यु
माघ–२६ । पूर्वी चितवनको खैरहनीस्थित चैनपुरमा तेल बोक्ने ट्यांकरको ठक्करबाट बुधबार एक किशोरीको मृत्यु भएको छ । भरतपुरबाट हेटौंडातर्फ जाँदै गरेको ना२ख ५७१४ नम्बरको तेल बोक्ने ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको ना ४२ प ४८८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो । खैरहनी नगरपालिका–२ स्थित राजमार्गमा बिहान–९ बजे भएको उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने १७ वर्षकी सविना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको घटनास्थलमै ज्यान गएको हो । मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । दुर्घटनापछि ट्यांकर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस  

ठक्कर पूर्वी चितवन मृत्यु

विशेष