खेल

नेपाली क्रिकेट टोली इमर्जिङ कप खेल्ने, खेलाडी बन्द प्रशिक्षणमा

नेपाली क्रिकेट टोली इमर्जिङ कप खेल्ने, खेलाडी बन्द प्रशिक्षणमा
माघ–२६ । नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ कप खेल्ने भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत मार्च ११ र १३ मा हुने नेपाल र केन्याको खेलपछि इमर्जिङ कप हुनेछ । नेपाल र केन्याबीचको खेल कीर्तिपुरको क्रिकेट मैदानमा हुने लगभग पक्का भएको छ । खेलको तयारीको लागि नेपाली क्रिकेट खेलाडीहरु अहिले बन्द प्रशिक्षणमा छन् । केन्याविरुद्धको खेल सकिए लगत्तै एसियन क्रिकेट काउन्सिल (एसीसी)ले मार्च १५ देखि २५ सम्म यूएईमा इमर्जिङ कप खेलाउने प्रस्ताव राखेको छ । तथापि मितिमा भने केही हेरफेर हुन सक्ने क्रिकेट अधिकारीहरुले बताएका छन् । इमर्जिङ कपमा एसियाका चार टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश छन् भने नेपालसँगै अफगानिस्तान, यूएई र हङकङले पनि खेल्नेछ । केही समय यता कुनै खेल नभएर बसेको नेपाली टोलीको यू–१६ को एसीसी प्रतियोगिता मे १० देखि २४ सम्म थाइल्याण्डमा खेल्नेछ । त्यस्तै यू–१९ एसिया कपको छनोट प्रतियोगिता सेप्टेम्बर १० देखि २२ सम्म मलेसियामा हुनेछ । प्रतियोगितामा छनोट भए नेपाली यू–१९ ले नोभेम्बर ४ देखि १५ सम्म हुने एसिया कप खेल्न पाउनेछ ।

इमर्जिङ कप क्रिकेट

विशेष