देश स्वास्थ्य

स्तनपान गराइरहेकी आमालाई खाद्य सामाग्री हस्तान्तरण गरी जाजरकोटमा बहुक्षेत्रीय पोषण योजनाको सुभारम्भ

स्तनपान गराइरहेकी आमालाई खाद्य सामाग्री हस्तान्तरण गरी जाजरकोटमा बहुक्षेत्रीय पोषण योजनाको सुभारम्भ
माघ - २६ । बच्चालाई स्तनपान गराइ रहेकी आमा र गर्भवती महिलालाई खाद्य सामाग्री हस्तान्तरण गरेर जाजरकोटमा बहुक्षेत्रीय पोषण योजना सञ्चालनमा ल्याएको छ । आम नागरिकलाई सम्बेदनशिल बनाउन पोषण शिक्षाका रुपमा रहेको बहुक्षेत्रीय पोषण योजनालाई सञ्चालनमा ल्याउन औपचारिक कार्यक्रमको आयोजना गरेर स्तनपान गराइ रहेकी आमा र गर्भवती महिलालाई खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।
बच्चालाई स्तनपान गराई रहेकी नायकबाडाकी सपना शाही र गर्भवती खलंगाकै कमला बिकलाई मंगलवार पोषणयुक्त खाद्य सामाग्री हस्तान्तरण गरेर बहुक्षेत्रीय पोषण योजनाको सुभारम्भ गरिएको थियो । खाद्य सामाग्री पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं–१ का सांसद शक्तिबहादुर बस्नेतले गरेका थिए । नमुनाका रुपमा भएपनि बहुक्षेत्रीय पोषण योजनाको सुभारम्भमा हस्तान्तरण गरिएका खाद्य सामाग्रीहरु समुहमा बिभाजन गरिएको थियो । सुनौला हजार दिन भित्रका आमा र बच्चाहरुका लागि अत्यावश्यक पर्ने खाद्यबस्तुहरुमा शरीरलाई शक्ति दिने समूहमा अन्न र कन्दमुलको नमुना प्रस्तुत गरिएको थियो भने, शरीरको बृद्धी गर्ने समूहमा गेडागुडी रहेका थिए । त्यसैगरि मानव मस्तिष्कको बिकास गर्ने समूहमा पशुजन्य–(माछा, मासु, अण्डा, दही, दुध) र शरीरको सुरक्षा गर्ने समूहमा हरिया सागपात, पहिला फलफुल र आयोडिनयुक्त नुनलाई राखिएको थियो । दीगो बिकास लक्ष्य हासिल गर्ने उद्देश्य सम्बन्धित बहुक्षेत्रिय पोषण योजनाले उठाएका बिषयबस्तु निकै गम्भीर र सम्बेदनशिल भएता पनि योजना सञ्चालनका लागि राज्यले गरेको कानुनी ब्यबस्था गलत भएको पूर्वगृह मन्त्री शक्तिबहादुर बस्नेतले बताए । केन्द्रमा हेर्दा कति वटा समितिको अध्यक्ष छु भन्ने कुरा प्रधानमन्त्री आफैँलाई थाहा नहुने तर, प्रधानमन्त्रीले नै धेरै समितिको अध्यक्षता गर्नु पर्ने, जिल्लामा हेर्दा म कति वटा समितिका अध्यक्ष छु भन्ने कुरा सिडिओ र एलडिओलाई थाहा नहुने तर, सिडिओ र एलडिओले नै अध्यक्षता गर्नु पर्ने जुन खालको कानुनी ब्यबस्था गरिएको छ, यसले गर्दा जति जीवन उपयोगी तथा महत्वपूर्ण योजना भएता पनि कार्यन्वयनमा सफलता नमिल्लने सांसद बस्नेतले भनाई राखेका थिए । 'केन्द्रवाट जिल्लामा बजेट आएन भनेर कराई रहने तर, केन्द्रवाट मोटरवाटोका लागि भनेर जिल्लामा बजेट पठाउदा एउटा पनि मोटरवाटोको डिटेल सर्वे नभए जस्तै बहुक्षेत्रीय पोषण योजनालाई जिल्ला लागु गर्दा जिल्लामा कुपोषणको अबस्था के हो भन्ने कुरा थाहा नहुने, यसको डाटा कसले हो तयार गर्नु पर्ने त्यो पनि कसैलाई जानकारी नहुने अबस्था छ,' साँसद बस्नेतले भने । जाजरकोटको सन्दर्भमा बहुक्षेत्रीय पोषण योजनासंग बालबिबाहलाई रोक्नु पर्ने कुरालाई संगै जोडेर लिनु पर्ने बस्नेतले वताए । कलिलो उम्मेरका किशोरीहरुले विवाह गर्ने र कलिलै उम्मेरमा बच्चाको आमा बन्नुपर्ने अबस्थाले अपरिपक्क मानव शरिरका जीवकोषले पूर्णरुपमा काम नसकेर रक्त अल्पता जस्ता समस्याहरु देखा पर्ने तर्क बस्नेतले अधि सारे । यस बर्ष देखि जाजरकोटमा सञ्चालनमा आएको बहुक्षेत्रीय पोषण योजनाको लागि करोडौंकै बजेट स्वीकृत भएको जनाइएको छ । जिविस, स्वास्थ्य, कृषि, भेटनरी, शिक्षा, महिला तथा बालबालिका र खानेपानी तथा सरसफाइ कार्यालयवाट सञ्चालित हुने योजनालाई कार्यविधी भित्र रहेर डिजाईन गरिने जनाईएको छ । जिल्लाको पलान डिजाईन गर्नका लागि ५ दिनको समय लाग्ने बताइएको छ । जिल्लाको योजना निर्माण र कार्यन्वयनमा कर्षि तथा खाद्य सुरक्षा, सुआहारा, सेभ द चिल्ड्रेन, पहल लगाएतका परियोजनाले सघाउने बताइएको छ ।
दीपबहादुर घर्ती / जाजरकोट

पोषण योजना स्तनपान

विशेष