विचार

यो कुन युगको शिक्षा हो ? सरकार ! हामीलाई कानुन भएको अनुभूति होस्

यो कुन युगको शिक्षा हो ? सरकार ! हामीलाई कानुन भएको अनुभूति होस्
  • मीरा प्रसार्इं


राजधानीको धुम्बाराहीस्थित लुम्बिनी बिगनर्स एकाडेमीको कक्षा नाैमा अध्ययनरत छात्र सुदीप दाहाललाइ प्रधानाध्यापक सुरेश यादवले धेरै शिक्षकलाइ अनावश्यक प्रश्न सोधेर हैरान पारेको आरोपमा चरम यातना दिएको समाचार आयो । निलडाम रहने गरि कुट्दा पनि कथित प्रधानाध्यापक यादव 'आफुले अक्षम्य गल्ती गरेको छैन' भन्दै छन भनेको समाचार पढेर पो झनै अचम्म लागिरहेकाे छ । छात्र दाहालको कम्मर मुन्तिरको भागमा छडिले कुटेको जस्तो देखिने निलडामहरु तलको तस्बिरमा प्रशस्त देख्न सकिन्छ । क्षणिक आवेग , घरायसी कलह वा अन्य विविध तनावमय स्थितिका कारण ब्यक्तिले क्षणिक मानसिक सन्तुलन गुमाउन पुग्छ । तर, त्यसो हुँदैमा आफूलार्इ नियन्त्रण गर्न नसकेर विध्यार्थी कुट्न पाइदैन । यस्ता प्रकृतिका घटनाले विध्यार्थीहरु ट्रमामा जान सक्छन । दीर्घकालीन असर पर्न सक्छ ।
हामी अभिभावकहरु आफ्नो बच्चाको चेतना स्तर अभिबृद्धि र सुनौलो भविष्यका खातिर महङ्गो शूल्क तिरेर अङ्ग्रेजी माध्यमको स्कुलमा पढ्न पठाउँछौँ । तर, चेतना स्तर अभिबृद्धि गराइ सुनौलो भविष्य देखाउन सहयोगी भूमिका खेल्ने भनिएका शिक्षकको चेतना स्तर खै ?यस्तो अपराधिक चेतना स्तर भएका शिक्षकले कस्तो चेतना देलान विध्यार्थीहरुलाई ? विध्यार्थीहरु स्वाभाविक रुपले नै जिज्ञासु हुन्छन । विषयवस्तु प्रतिको जिज्ञासा मेटाउन र केही नौलो कुरा सिक्नकै लागि बिध्यार्थीहरु स्कुल जान्छन । 'विध्यार्थीले धेरै प्रश्न सोध्यो' भन्ने अनावश्यक आरोप लगाएर कुट्नु भनेको अक्षम्य अपराध हो । कक्षा नौमा पढ्ने विध्यार्थीले सोधेको प्रश्नको जवाफ दिन नसक्ने शिक्षकको शैक्षिक योग्यता कति होला ? यो विषय आफैँमा गम्भीर र प्रश्न सुचक छ । विध्यार्थीले प्रश्न सोध्यो भन्दैमा विध्यार्थीलाई निलडाम हुने गरी कुट्ने शिक्षक, शिक्षण पेशामा आबद्ध नभएकै राम्रो । केही महिना अगाडि अर्का कथित शिक्षक हिरा लामाद्वारा पनि एस्तै प्रकृतिको घटना घटेको थियो । रिस, आवेग र तनाव नियन्त्रण गर्न नसक्ने ब्यक्तिले शिक्षक पेशामा रहनु हुदैन । एस्ता अपराधिक मनोवृत्ति भएका शिक्षकलाइ के/कस्तो कारबाही गरिनु पर्छ ? यस्ता घटना बारम्बार घटिरहेका छन् काठमाडौँ हाता भित्रै रहेका शैक्षिक सस्थामा भने हाम्रो देशका गाउँगाउँमा शिक्षकद्वारा कति धेरै विध्यार्थीहरु पीडित होलान ? शिक्षक यादव र लामा त विकृत मनोविज्ञान भएका प्रतिनिधि शिक्षक मात्र हुन् । यो सोचनिय विषय बनेको छ । अचम्म लाग्छ , किन मौन छ सम्बन्धित निकाय ? राष्ट्रिय मानव अधिकार आयोग, हेल्लो सरकार जस्ता सम्बन्धित निकायहरुको ध्यानाकर्षण होस र अनुसन्धान तथा अनुगमनको कार्य अगाडि बढाइयोस् । विकसित देशका स्कुलमा अनिवार्य मनोविज्ञान पढाइन्छ । अझ शिक्षक शिक्षिकाले त अनिवार्य रुपमा शिक्षा मनोविज्ञान पढेको वा शिक्षा मनोविज्ञानको तालिम लिएको हुनुपर्दछ । फितलो कानुन भएको हाम्रो देशमा सिफारिसका आधारमा शिक्षकको लाइसेन्स प्राप्त गर्न सकिन्छ । न नियम कानुन छ यहाँ न कुनै आवश्यक नै देखिएको छ । विदेशी स्कुलमा पढाउन बालमनोविज्ञानको अध्ययन वा तालिम नलिएका निवेदकहरूले आवेदन फारम भर्न नै पाउँदैनन । विदेशमा सैद्धान्तिक तवरले होइन प्रयोगात्मक तवरले पढाइन्छ । रिस, आवेग र तनाव नियन्त्रण गर्न नसक्नेले शिक्षण जस्तो संवेदनशील पेशामा रहनुहुँदैन । मनोविज्ञानले भन्छ 'रिस आवेग र तनाव नियन्त्रण गर्न नसक्ने शिक्षक , शिक्षक होइनन् ।' यो घटना मनोविज्ञानसँग सम्बन्धित भएको हुनाले लेख लेख्दा मनोविज्ञानका कुराहरु सँगसँगै जोडिन आएका छन् । कतिपय यस्तै घटनाहरुमा ज्यान गुमाएकाहरू पनि हाम्रो समाजमा प्रशस्तै छन् । समाजमा घट्ने यस्तै घिन लाग्दा घटनाहरूले पीडितको सामाजिक मनोबल गिराउनुका साथै व्यक्तिगत मनोविज्ञानमा समेत ठूलो असर पारेको हुन्छ । अन्धविश्वासपूर्ण सामाजिक मनोविज्ञानले ग्रस्त भएका शिक्षकले देशका कर्णधारलाइ कस्तो शिक्षा देलान ? खोइ मानव अधिकार ? खोइ बाल अधिकार ? हाम्रो देशमा मनोविज्ञानको पढाइ अब हरेक तहअनुसार हुनुपर्दछ । बिडम्बना हाम्रो देशमा मनोविज्ञान विषय र यसकाे विकासक्रम एउटै देखिन्छ । निद्राबाट ब्युँझिएर पुन निद्रामा परेपछि उठ्न नसकेको कुम्भकर्ण जस्तो सरकारीस्तरका सिमित कलेजहरूमा अध्ययन हुने मनोविज्ञान विषयलाइ वर्तमान अवस्थामा भने नीजि कलेजहरूले पनि प्राथमिकता दिन थालेका छन् । जसले भोलिका दिनमा मनोविदहरू उत्पादन गर्ने छ । तरपनि मनोविज्ञान विषय आफैँमा महत्वपूर्ण हुँदाहुँदै पनि एसले अन्य विषय सरह राष्ट्रिय मान्यता पाउन सकेको छैन । शिक्षा विभागको कुशल प्रशासकको अभावमा यो विषय पछाडी परेको छ । जसकाे प्रत्यक्ष असर शिक्षा मनोविज्ञान, स्वाथ्य मनोविज्ञान, बाल मनोविज्ञान, औद्योगिक मनोविज्ञान, नैदानिक मनोविज्ञान, खेलकुद मनोविज्ञान, परामर्श मनोविज्ञान आदी जस्ता क्षेत्रमा परेको छ । यी क्षेत्रहरूमा मनोविज्ञानले विशेष स्थान ओगट्छ । बिडम्बना के छ भने मनोविज्ञानका कर्णधार अर्थात मनोविद् उत्पादन गर्ने विभाग जागरुक नहुँदा समाज अनि देशको यो दुर्गती भएको छ । मनोविद् र मनोचिकित्सकको अभावमा मनोरोगले ग्रस्त मानिसहरूले समाज सुधार गर्न सकेका छैनन् । मनोविज्ञान आफैँमा एक व्यवहारिक विषय भएकाले यसले सैद्धान्तिक पक्षभन्दा पनि प्रयोगात्मक पक्षलाइ जोड दिन्छ । डाक्टर, इन्जिनियर, पाइलट, वकिल बन्ने सपना मात्रै देख्छौं हामी किनकि यसकाे बलियो आधार बनेको छ हाम्रो मानसपटलमा । यी विषयमा दक्षता हासिल गर्ने दक्षहरूको सामाजिक प्रतिष्ठा र आम्दानी ह्वात्तै बढ्ने लोभले पनि मानिसहरू यिनै विषय प्रति आकर्षित छन् । शिक्षा मनोविज्ञानको वर्तमान अवस्थाको सुधार कहिले होला ? हामी मध्ये धेरै अझै पनि मनोविज्ञान के हो र यस अन्तर्गत के के पर्दछन् ? भन्ने सामान्य बुझाइमै अल्मलिएका छौं । पाठ्यसामग्रीमा मनोविज्ञानको अनिवार्य परिचय र मनोचिकित्साको अपरिहार्यताका बारेमा थोरै मात्र पनि जानकारी समावेस गराउन सके भोलिका दिनमा मनोविद् र मनोचिकित्सकको उत्पादन हुने थियो । जसले शिक्षा मनोविज्ञान, स्वास्थ्य मनोविज्ञान र अन्य मनोविज्ञानका सबै पक्षमा सकारात्मक भूमिका निर्वाह गरेर समुन्नत समाज र देश निर्माणमा सहयोग पुग्ने थियो । टोलै पिच्छे ब्यापारिक प्रयोजनका लागि खुलेका जस्ता देखिने कलेजहरू अनगन्ती छन् । जसले स्तरीय शिक्षा दिने बाहानामा विषय विशेषज्ञ र भौतिक पूर्वाधारको समेत ख्याल नगरी बाहिरी आबरण आकर्षक देखाएर विध्यार्थीलार्इ भ्रममा पार्ने गरेका छन् । तर तिनै कलेजहरूको भीडमा मनोविज्ञान पढाइ हुने कलेज भेट्टाउन अझै पनि मुस्किल छ । पढाइ हुने कलेजमा पनि परामर्शको अभावमा विध्यार्थी संख्या अत्यन्तै न्यून छ । सरोकारवालाहरूले मनोविज्ञानका क्षेत्रमा चासो दिएमा भोलि उदाउने सूर्यले मनोविकार युक्त समाजको निर्माण गर्ने कुरामा दुविधा छैन । हाम्रो देशमा कुर्सीको राजनीति चल्छ । शिक्षाको घिन लाग्दो व्यापार चल्छ । जनस्वास्थ्य जस्तो गम्भीर पेशा प्रति राजनीति हुन्छ । नातावाद कृपावाद हावी हुन्छ अनि व्यापार हुन्छ । व्यारपारीको एकमात्र स्वार्थ नाफा हो । नाफामुखी व्यापारीलाई देशको के चिन्ता ? आफ्नो अनुहार मात्र अर्जुन दृस्टिले हेर्न तल्लीन नेताहरूको भरमा देशको गरिमा कहाँ सुरक्षित रहन्छ र ? सरकार ! हामीलार्इ कानुन भएको अनुभूति होस् न्यायोचित छनबिन गरी कामकारबाही अगाडि बढाइयोस र कथित प्रधानाध्यापक यादवले सजाय दिइयाेस् । [nepalaja_video type="youtube" id="jBEUu9o-oZI" width="700px"]

lumbini academy

विशेष