खेल

लेखा समितिले एन्फा अध्यक्ष थापाको मुद्दाको बारेमा जान्न अख्तियारलाई पत्र लेख्याे

लेखा समितिले एन्फा अध्यक्ष थापाको मुद्दाको बारेमा जान्न अख्तियारलाई पत्र लेख्याे
माघ–२६ । व्यवस्थापिका–संसद सार्वजनिक लेखा समितिले तत्कालिन एन्फा अध्यक्ष गणेश थापाविरुद्ध लागेको आरोपको अवस्थाको बारेमा जानकारी दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ । लेखासमितिका सदस्य रामहरि खतिवडाका अनुसार समितिले बुधबार आयोगलाई पत्र पठाएको हो । उक्त पत्र आयोगमा बुधबारनै पुगिसकेको उनले विश्वास व्यक्त गरेका छन् । लेखा समितिले यसअघि नै अध्यक्ष थापाले ५८ करोड धाँधली गरेको बताएको थियो । आयोगले ५८ करोडको धाँधलीको प्रमाण पर्याप्त नभएको भनेर मुद्दा अगाडि बढाएको छैन । निलम्बीत अख्तियार प्रमुख लोकमान सिंह कार्कीले अध्यक्ष थापाको बचाउ गरेको जानकारहरु बताउँछन् । फिफाले पनि अध्यक्ष थापा गलत काममा संलग्न रहेको भन्दै उनलाई १० वर्षको लागि निलम्बन गर्नुका साथै २१ लाख रुपैयाँको जरिवाना तोकियो । खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्ले पनि यसबारेमा छानबिन गर्ने भनेर समिति गठन गरेपनि तथ्य बाहिर निकालेन । अध्यक्ष थापाले भने आफू एन्फा अध्यक्ष रहँदा कुनै गलत काम नगरेको भन्दै आएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गणेश थापा व्यवस्थापिका–संसद सार्वजनिक लेखा समिति

विशेष