Technology

विदेशी च्यानललाई विज्ञापनसहितको प्रसारण प्रतिबन्ध गरिने

विदेशी च्यानललाई विज्ञापनसहितको प्रसारण प्रतिबन्ध गरिने
माघ–२६ । विदेशी टेलिभिजन च्यानलहरुलाई सरकारले विज्ञापनसहित प्रसारण गर्न प्रतिबन्ध लगाउने भएको छ । सूचना तथा संचार मन्त्रालयको विज्ञापनरहित नीतिमा चालू आर्थिक वर्षको अन्त्यसम्ममा विदेशी च्यानलहरुलाई विज्ञापनसहित प्रसारण गर्न प्रतिबन्ध लगाइसक्ने व्यवस्था गरिएको छ । मन्त्रालयका सहसचिव रामचन्द्र ढकालका अनुसार विभिन्न भाषामा आउने विज्ञापनले हाम्रो भाषा, संस्कृतिलाई लोप पार्ने नै भयो साथै विज्ञापन एजेन्सीको आम्दानी स्रोत समेत घट्दै जाने भएकाले विज्ञापनसहित प्रसारण गर्न प्रतिबन्ध गराउने तयारी गरिएको हो । मन्त्रालयले विदेशी च्यानलहरुले विज्ञापनमार्फत आएको मुनाफा आफूमात्रै राख्ने र सेवाग्राहीलाई पनि च्यानल बापत् चर्को शुल्क लिने गरेको भन्दै आपत्ति पनि जनाएको छ । मन्त्रालयले तयार पारेको विज्ञापनरहित नीति लागू भएपछि डाउलिंक अनुमति लिई टेलिभिजन प्रशारण गर्न चाहने संस्थालाई विज्ञापनरहित हुनुपर्ने शर्तसहित अनुमति प्रदान गर्ने पनि उल्लेख गरिएको छ । नेपाली टेलिभिजन च्यानलमा हुने व्यापारिक वस्तुहरुको विज्ञापन अनिवार्य रुपमा सेन्सर गरेर मात्रै प्रसारण गर्ने पनि नीतिमा भनिएको छ ।

प्रतिबन्ध प्रसारण विदेशी च्यानल

विशेष