कञ्चनपुरका मुक्त हलियालाई सौर्य बत्ती वितरण
माघ २६ । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले कञ्चनपुरको झलारीमा बुधबार सौर्यवती वितरण कार्यक्रमको शुभारम्भ गरेका छन्। मन्त्री जोशीले मुक्त हलिया परिवारका एकल महिला आशादेवी दमाईलाई सौर्य बत्ती उपलव्ध गराई वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन्।
जिल्ला मुक्त हलिया पुनःस्थापन समाज कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा मन्त्री जोशीले दलित समुदाय समाजमा पछाडि परेकाले आर्थिक सामाजिक रुपमा माथि उठाउनका लागि सक्दो पहल गर्ने बताए। मुक्त हलियामा अधिकांश परिवार दलित समुदायकै भएकाले उनीहरुको पुनःस्थापना र जीविकोपाजर्नका कार्यहरु तत्काल अगाडि बढाउनका लागि कार्य गरिनुपर्ने उनको भनाई थियो ।
छनौटमा परेका अन्य ११० जना मुक्त हलिया परिवारलाई जिल्ला विकास समिति कञ्चनपुरमार्फत सौर्यबत्ती उपलव्ध गराइने कार्यक्रममा जानकारी दिइयो ।
सौर्य बत्ती