समाज

प्रधानमन्त्रीसँग लागुऔषध रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न माग

प्रधानमन्त्रीसँग लागुऔषध रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न माग
माघ–२६ । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी लागुऔषध तथा मदिरा दुर्व्यसन रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न आग्रह गरेको छ । प्रधानमन्त्री दाहालले दुर्व्यसन नियन्त्रणका लागि कार्ययोजनाले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै समाजले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्ने बताएका समाजका अध्यक्ष गङ्गाधर अधिकारीले बताए । अध्यक्ष अधिकारीले लागुऔषध तथा मदिरा दुर्व्यसनले महामारीको रुप लिन लागिरहेकाले यसको अगाडि नै रोकथामका लागि राष्ट्रिय कार्ययोजना तयार पार्नुपर्ने बताए । समाजले प्रधानमन्त्रीको अध्यक्षतामा आगुऔषध मदिरा दुव्र्यसनी रोकथामको उद्देश्यसहित विशेष निकाय गठन गर्न पनि आग्रह गरेको छ । प्रधानमन्त्रीसँगको भेटमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल र महासचिव उत्तम पुडासैनी सहभागी थिए । रासस

मानवअधिकार तथा शान्ति समाज राष्ट्रिय अभियान लागुऔषध रोकथाम

विशेष