एनसेलले ल्यायो एनसेल एप्समार्केट

माघ २६ । एनसेलले ओपेरासँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ‘एनसेल एप्समार्केट’ बजारमा ल्याएको छ ।
ग्राहकले कर सहित १५ रुपैयाँमा हप्ताभरी आफूले चाहे जतिप्रिमियम एप्स र गेम्स डाउनलोड गर्न सक्ने रहेको छ
।पेड एप स्टोरको अवधारणामा नेपालमै पहिलो पटक संचालनमा आउने यो एपमार्केटले ग्राहकलाई सजिलैसंग पेड एप्सउपलब्ध गराउने छ । यो एपमार्केट ओपेरा मिनीक्लबको को–ब्राण्ड सर्भिस हो जुनफिचर फोन र स्मार्टफोन प्रयोगकर्ताका लागिउत्कृष्ट एप्स विश्व कै तेस्रो ठूलो एप्लिकेसन स्टोरको रुपमा चिनिन्छ । यो सेवा बिहिबारबाट लागु हुने छ ।
यो एप्समा शिक्षा, व्यापार तथा व्यवसाय, मनोरञ्जन, संचार, मल्टिमिडिया लगायत अरु विविध विधाका तीन लाखभन्दा बढि एप्स उपलब्ध छन् ।
Ncell
