खेल

डिपोर्टोभो अल्भास स्पेनिस कोपा डेल रे कपको फाइनलमा

डिपोर्टोभो अल्भास स्पेनिस कोपा डेल रे कपको फाइनलमा

माघ २७ । डिपोर्टोभो अल्भास स्पेनिस कोपा डेल रे को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेल्टा डी भिगोलाई १ – ० ले पराजित गर्दै डिपोर्टोभो अल्भास पहिलोपटक कोपा डेल रे को फाइनलमा पुगेको हो ।

घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा सेल्टालाई १–० ले पराजित गरेसंगै डिपोर्टोभो अल्भासले समग्रमा १–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । डिपोर्टोभो अल्भासको जितमाइड्गर मेन्डेजले निर्णायक गोल गरे । खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ८२ औ मिनेटमा मेन्डेजले गोल गर्दै डिपोर्टोभो अल्भासलाई पहिलो पटक कोपा डेल रे को फाइनलमा पुराए ।

अब फाइनलमा डिपोर्टोभो अल्भासले बार्सिलोनाको सामना गर्ने छ । बार्सिलोना एथ्लेटिकको मड्रिडलाई पराजित गर्दै यसअघि नै फाइनलमा पुगिसकेको छ ।

Copa Delre

विशेष